एनआईसी एशिया बैंक ऋणपत्रमा लगानी गर्दा हुने पाँच फाइदा

<p>कावठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्दै छ । प्रतिकित्ता १ हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिईसकेको छ । ३ अर्ब रुपैयाँको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत [&hellip;]</p>

कावठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्दै छ । प्रतिकित्ता १ हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बैंकलाई नेपाल धितोपत्र बोर्डले अनुमति दिईसकेको छ ।

३ अर्ब रुपैयाँको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमार्फत निष्काशन गरेको छ । उक्त ऋणपत्र पुस १३ देखि १७ गतेसम्म आवेदन गर्न सकिन्छ ।

ऋणपत्रको पाँच फाइदाहरु
ऋणपत्रको सबैभन्दा आकर्षक पक्ष भनेको उच्चतम व्याजदर हो । बैंकले ऋणपत्रको व्याज वार्षिक ९ प्रतिशत तोकेको छ र व्याज अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरिने जनाएको छ ।

‘९ प्रतिशत व्याजदर लगानीकर्ताको लागि धेरै राम्रो अवसर हो’ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रबक्ता रोशनकुमार न्यौपाने भन्छन–‘हामीले विगत १० वर्षसम्म बैंकहरुले मुद्दति बचतमा दिने व्याजदरको अध्ययन गरेको थियौं । १० वर्षमा मुद्दति खाताको औसत व्याज ७ दशमलव २५ प्रतिशत रहेछ, हामीले त्यो भन्दा बढी व्याज दिएका छौ ।’

बैंकको व्याजदर घट्ने वा बढ्ने हुन्छ भने ऋणपत्रको व्याजदर ७ वर्षसम्म स्थीर रहने छ । लामो अवधिका लागि स्थीर व्याजदार यस ऋण पत्रको दोस्रो फाइदा हो ।

नेपालको वित्तीय बजारमा मुद्रास्फिति दर भन्दा बैंकले दिने व्याजदर प्रयाः कम हुन्छ । हाल मुद्रास्फित ७.५ प्रतिशतको हाराहारीमा छ । मुद्रास्फिति दरभन्दा भन्दा ऋणपत्रको व्याजदर बढी भएको लगानीकर्तालाई हुने देखिएको छ । मुद्रास्फिति दर भन्दा उच्च दरको प्रतिफल पाउनु लगानीकर्ताको लागि चौथो फाइदा हो ।

ऋणपत्रको पाँचौं फाइदा भनेको यो ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा पनि सूचिकृत हुन्छ । सूचिकृत हुँदाको फाइदाबारे न्यौपाने भन्छन्–‘मुद्दति खातामा राखेको पैसा बीचमा चलाउनु पाइदैन । तर यो ऋणपत्र नेप्सेमा सूचिकृत हुने हुँदा नगदको आवश्यकता पर्दा ऋणपत्र बिक्री गर्न सकिन्छ । आम्दानीको पनि निश्चित भएको र आवश्यक पर्दा बिक्री गर्न पनि सकिने भएकोले लगानीकर्ताको लागि दोहोरो लाभ छ ।’

दीर्घकालिन सोचका साथ लगानी गर्ने व्यक्तिगत वा संस्थागत दुबै प्रकारका लगानीकर्ताको लागि राम्रो वित्तीय उपकरण भएको नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल बताउँछन् । ‘बैंकको व्याज कहिले १२ प्रतिशत पुग्छ, कहिले ५ प्रतिशतमा झर्छ’ उनले भने–लगानीे पोर्टफोलियो मिलाउन र संस्थाको आम्दानीमा सन्तुलन कायम गर्न यस्तो ऋणपत्र बजारको लागि आवश्यक भएको हुन्छ ।’

दीर्घकालिन लगानीको लागि पुँजी भएको जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाहरुका लागि यो ऋणपत्र लगानीको लागि राम्रो अवसरको भएको र यी संस्थाहरुले लगानीको लागि चासो देखाईरहेको प्रवक्ता न्यौपानेले बताए ।

Share News