हात्तिले टावरमा क्षति पुर्याएपछि बिजुली आपूर्ति बन्द, पश्चिमका केही स्थानमा लोडसेडिङ

<p>काठमाडौं । कुसुम र कोहलपुरकाबीच समशेरगञ्ज नजिक पर्ने १३२ केभी. डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्याउदा विद्युत प्रसारण हुन नसकी सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ । टावर नंम्बर ४८५ क्षतिग्रस्त भएपश्चात् सो संरचनाबाट विद्युत प्रवाह हुने १३२ के.भी. सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपालबाट [&hellip;]</p>

काठमाडौं । कुसुम र कोहलपुरकाबीच समशेरगञ्ज नजिक पर्ने १३२ केभी. डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्याउदा विद्युत प्रसारण हुन नसकी सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न क्षेत्रमा विद्युत आपूर्तिमा अवरोध भएको छ ।

टावर नंम्बर ४८५ क्षतिग्रस्त भएपश्चात् सो संरचनाबाट विद्युत प्रवाह हुने १३२ के.भी. सवस्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत प्रवाह गर्न सकिने अवस्था नरहेपछि भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युतमात्र प्रवाह भइरहेको छ ।

सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने वाध्यता सिर्जना भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

टावरको वास्तविक क्षति जाँचगरी नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको छ ।

Share News