स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुस १६ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आगामी पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त ११ दिन बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी पुस २६ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५.२६ [&hellip;]</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको आगामी पुस १६ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि उक्त ११ दिन बुक क्लोज गर्न लागेको हो ।

यस बैंक आगामी पुस २६ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश दिने कम्पनी सञ्चाल समितिको प्रस्तावलाई पारित गर्दै छ ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ बढी छ । १०० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ ।

Share News