हिमालयन डिष्टिलरीको नगद लाभांस पारित

<p>काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रतिसेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । हालै सम्पन्न कम्पनीको १७औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभाले कम्पनीको आ.व. २०७३।०७४ को वासलात् नाफा नोक्सान हिसाव सहितको नगद प्रवाह विवरण पारित गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई [&hellip;]</p>

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको प्रतिसेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । हालै सम्पन्न कम्पनीको १७औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

उक्त सभाले कम्पनीको आ.व. २०७३।०७४ को वासलात् नाफा नोक्सान हिसाव सहितको नगद प्रवाह विवरण पारित गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई नगद लाभंसमा लाग्ने कर सहित प्रतिसेयर २१.०५ रुपैयाँका दरले नगद लाभांस वितरण गर्न लागेकाे हाे ।

साथै, साभाले कम्पनीका संस्थापक समुहबाट रहिशा शाह श्रेष्ठ, अखिलेश्वरप्रसाद सिंह र नरेन्द्रकुमार वस्न्यात् निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समुहबाट शंकरराज पाण्डे र साण्टु श्रेष्ठ निर्विरोध सञ्चालकमा चयन भएका छन् ।

Share News