काठमाडौं । नेपाली तथा भारतको संयुक्त लगानीमा स्थापना भएको केयर रेटिङ्गस् नेपालले लिमिटेडले बिहीबारदेखि रेटिङको कारोबार सुरु गरेको छ ।
कारोबारको धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले शुभारम्भ गरेको छ । केयरले पहिलो व्यवसायको रुपमा स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको रेटिङको काम पाएको छ । केयर सञ्चालनमा आएकालो अब इक्रा नेपालको रेटिङमा एकाधिकार तोडिएको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष कार्कीले नेपालको बजार सम्भाव्यताका आधारमा तथा वित्त बजारमा बढी पारदर्शीता ल्याउने केयरलाई अनुमति दिएको जानकारी दिए । नेपालमा पुँजीबजारको आकार बढ्दै गएकाले १ भन्दा बढी रेटिङ एजेन्सीको आवश्यकता भएको बताए ।
केयर रेटिङ्गस् लिमिटेडको संयुक्त लगानीमा स्थापित केयर रेटिङ्गस् नेपालले गत कार्तिक ३० गते बोर्डबाट नेपालमा रेटिङ्ग व्यवसाय सञ्चालन गर्नका लागि अनुमतिपत्र प्राप्त गरेको थियो ।
केयर नेपालले साधारण सेयर (आइपिओ) र हकप्रद सेयरको स्तर निर्धारण, ऋणपत्र, डिबेन्चर्स, व्यापारिक कागजात, बैंक निक्षेप, सामुहिक लगानी कोष (म्युचुअल फन्ड), अग्राधिकार शेयर निष्काशन गर्ने कार्यका लागि समेत स्तर निधार निर्धारण गर्ने भएको छ ।
२ करोड रुपैंयाको चुक्ता पूँजीमा स्थापना भएको कम्पनीमा केयर रेटिगं भारतको ५१, विशाल ग्रुपको १९, इमर्जिगं नेपालको १० बैंक, इन्स्योरेन्स कम्पनी, वित्तीय संस्था तथा बिभिन्न कर्पोरेट हाउसको ९ प्रतिशत लगानी छ ।