बीपीसीको एफपीओ पुसभित्रै, प्रतिकित्ता ५०१, एफपीओ किन्नेले लाभांश पनि पाउने

<p>काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले थप निष्कासन (एफपीओ) पुसभित्रै ल्याउने भएको छ । कम्पनी रजिष्टारको कार्यलयमा अद्यावधिक गर्ने काम सकिलगतै बीपीसीले एफपीओको आब्हानपत्र सार्वजनिक गर्ने भएको छ । कम्पनी रजिष्टारको काम सकिनसाथ एफपीओ निष्कासन हुने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । कम्पनी रजिष्टारको कार्यलयले यस वर्षदेखि नयाँ नियम लागु गरेकाले [&hellip;]</p>

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले थप निष्कासन (एफपीओ) पुसभित्रै ल्याउने भएको छ । कम्पनी रजिष्टारको कार्यलयमा अद्यावधिक गर्ने काम सकिलगतै बीपीसीले एफपीओको आब्हानपत्र सार्वजनिक गर्ने भएको छ ।

कम्पनी रजिष्टारको काम सकिनसाथ एफपीओ निष्कासन हुने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । कम्पनी रजिष्टारको कार्यलयले यस वर्षदेखि नयाँ नियम लागु गरेकाले प्रक्रिया पुरा गर्नतर्फ समय लागेको उनले भनाई छ ।

बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने उनले बताए । एफपीओ गर्नुअघि वार्षिक साधारणसभा गर्न धितोपत्र बोर्डबाट विशेष स्वीकृति लिनुपर्ने उनको भनाई छ ।

प्रति कित्ता ५०१ रुपैयाँ प्रिमियम मूल्यमा ४० लाख ८१ हजार कित्ता एफपीओ ल्याउन लागेको हो । एफपीओबाट बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ संकलन गर्ने छ । एफपीओबाट संकलन हुने रकम निर्माणधिन ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजनामा लगानी गर्नेछ । गत आर्थिक वर्ष ०७३/७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।

चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गर्न लागेको हो ।

सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ ।

यी आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ ।बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ ।

बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ ।

कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ ।

Share News