नयाँ कम्पनीले हायरपर्चेज कर्जा सुविधा नपाउने

<p>&nbsp; काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा बन्द गरेको छ । यसअघि राष्ट्र बैंकले ८ वटा कम्पनीलाई हायर पर्चेज कर्जा प्रवाह सुविधा दिएको थियो । &nbsp; केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गरी हायरपर्चेज कर्जा दिने कम्पनीलाई नीतिगत एवम् प्रक्रियागत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि निवेदन दिने कार्य स्थगन गरिएको जनाएको छ । [&hellip;]</p>

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ कम्पनीलाई हायरपर्चेज कर्जा सुविधा बन्द गरेको छ । यसअघि राष्ट्र बैंकले ८ वटा कम्पनीलाई हायर पर्चेज कर्जा प्रवाह सुविधा दिएको थियो ।

 

केन्द्रीय बैंकले बिहीबार निर्देशन जारी गरी हायरपर्चेज कर्जा दिने कम्पनीलाई नीतिगत एवम् प्रक्रियागत व्यवस्था पुनरावलोकन नभएसम्मका लागि निवेदन दिने कार्य स्थगन गरिएको जनाएको छ ।

राष्ट्र बैंकले २०७० सालमा सवारी साधान बिक्री गर्ने कम्पनीहरुको लागि सहायक कम्पनी खोलेर हायर पर्चेज कर्जा प्रवाह गर्न पाउने अधिकार दिएको थियो । हाल सवारी साधान बिक्रीमा अगुवाई गरेका ठूला अटोमावाईल्स कम्पनीहरुले सहायक कम्पनी खोलेर ग्राहकलाई सवारी किन्न कर्जा सुविधा दिदै आएका छन् ।

 

Share News