सरकार बनेपछि पुँजी बजारको आतंक समाप्त हुन्छ : ओली

<p>भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन भएमा पुँजी बजार तहसनहस हुन्छ भनेर नियोजित ढंगले शेयर बजारलाई ओरालो लगाइएको बताएका छन् । आगामी सरकार गठन भएपछि पुंजी बजारको आतंक समाप्त भएर व्यवस्थित ढंगले अगाडि बढाइने ओलीले बताएका छन् । बधाइ दिन पुगेका नेपाल धितोपत्र दलाल संघको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले नयाँ [&hellip;]</p>

शेयरबजारका समस्या राख्दै धितोपत्र दलाल संघ सञ्चालक शितल कोइराला

भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वामपन्थीको सरकार गठन भएमा पुँजी बजार तहसनहस हुन्छ भनेर नियोजित ढंगले शेयर बजारलाई ओरालो लगाइएको बताएका छन् । आगामी सरकार गठन भएपछि पुंजी बजारको आतंक समाप्त भएर व्यवस्थित ढंगले अगाडि बढाइने ओलीले बताएका छन् ।

बधाइ दिन पुगेका नेपाल धितोपत्र दलाल संघको टोलीलाई संक्षिप्त सम्बोधन गर्दै ओलीले नयाँ सरकार बनेपछि आर्थिक संकटको समाधान हुने बताएका छन् । ‘वामपन्थीको सरकार आए देशै धरासायी हुन्छ भन्ने नियोजित हल्ला चलाएर शेयर बजारलाई पनि प्रभावित पार्न खोजेका हुन्’ ओलीले भने ‘तर हाम्रो सरकार बनेपछि अहिलेसम्म भएको अस्तव्यस्तता स्वत अन्त्य हुनेछ ।’

ओलीले लगानीकर्तालाई त्रसित बनाएर आर्थिक रुपमा देशलाई कमजोर पार्न खोजिएको आरोप लगाएका छन् । ओलीले धितोपत्र दलाल व्यावसायी संघ सञ्चालकहरुलाई भने ‘तपाईंहरु शेयर बजार गिरेको देखेर नआत्तिनुहोस । यो राष्ट्रिय पुँजी बजारको सवाल हो । केही तत्वहरुले यसलाई धमल बनाउन खोजेका छन् । त्यस्ता आतंक मच्चाउने तत्वको पहिचान हुन्छ ।’

सञ्चार उद्यमीहरुको टोलीलाई अध्यक्ष ओलीले दलीय सहमतीबाट तयार गरिएको राष्ट्रिय सभागठन सम्बन्धि प्रस्ताव सरकारले स्थानीय तहको निर्वाचन पछि संसदमा पेश नगरेको बताए । ‘नियतबश त्यो प्रस्ताव सरकारले बेला छउन्जेल अगाडि बढाएन अहिले आफ्नो अनुकुल बनाएर अध्यादेशको रुपमा राष्ट्रपतिकँहा पुर्याएको छ ’ ओलीले भने ‘राष्ट्रपतिलाई अकारण विवादमा तान्ने प्रयास स्वरुप यो भइरहेको छ । ’

Share News