सेयर बजार १२ अंकले ओरालो

<p>काठमाडौं । साताको अन्तिम सेयर कारोबार १२.३२ अंकले ओरालो लागेर १४७२.१५ अंकमा झरेको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा कुल ४७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टार्ड बैंकको ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम सेयर कारोबार १२.३२ अंकले ओरालो लागेर १४७२.१५ अंकमा झरेको छ । दोहोरो अंकले ओरालो लागेको बजारमा कुल ४७ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी स्ट्याण्डार्ड चार्टार्ड बैंकको ३ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ३ करोड ५८ लाख र मुक्तिनाथ विकास बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सो दिन उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ७७ अंकले झरेको छ । उत्पादनमूलक समूहको सूचक भने १४ अंकले उकालो लागेको छ ।

त्यस्तै, दोहोरो अंकले घटेको बजारमा पनि माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । सो दिन यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२११ रुपैयाँ रहेको छ । बजारमा विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने करिब ६ प्रतिशतले घटेको छ ।

Share News