प्रभु बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने, पायो बोर्डको अनुमति

<p>काठमाडौं । प्रभु बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले बिहीबार मात्रै सो मात्रा अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । बैंकले बिक्री प्रबन्धक सनराइज क्यापिटल मार्फत २ करोड ३५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो [&hellip;]</p>

काठमाडौं । प्रभु बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले बिहीबार मात्रै सो मात्रा अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।

बैंकले बिक्री प्रबन्धक सनराइज क्यापिटल मार्फत २ करोड ३५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८ अर्ब २३ करोड रुपैयाँ नाघ्ने छ ।

Share News