आधा दर्जन व्यवसायीले चुनाव जिते, आधा दर्जन समानुपातिक कुर्दै

<p>काठमाडौं । नेपालमा व्यवसाय र राजनीति पर्याय जस्तै बन्दै गएको छ । पछिल्ला केहि निर्वाचनहरुले पैसाको अपरिहार्यतालाई उजागर गर्दै आएका छन् । अब पैसावालहरुले मात्रै चुनाव जित्न सक्छन भन्ने गलत नजिर स्थापित हुँदै गएको छ । करोड भन्दा बढि खर्च नगरि प्रतिनिधी सभाको निर्वाचन जित्ने उम्मेदवारहरु सायदै भेटिन्छन् । यद्यपी उनीहरुले निर्वाचन आयोगमा भने २५ [&hellip;]</p>

काठमाडौं । नेपालमा व्यवसाय र राजनीति पर्याय जस्तै बन्दै गएको छ । पछिल्ला केहि निर्वाचनहरुले पैसाको अपरिहार्यतालाई उजागर गर्दै आएका छन् । अब पैसावालहरुले मात्रै चुनाव जित्न सक्छन भन्ने गलत नजिर स्थापित हुँदै गएको छ । करोड भन्दा बढि खर्च नगरि प्रतिनिधी सभाको निर्वाचन जित्ने उम्मेदवारहरु सायदै भेटिन्छन् । यद्यपी उनीहरुले निर्वाचन आयोगमा भने २५ लाख भन्दा थोरै खर्च गरेको विवरण पेश गर्छन् ।

व्यवसायीक पृष्ठभूमिका भएका आधा दर्जन भन्दा बढिले प्रतिनिधी सभा सदस्यमा प्रत्यक्ष निर्वाचन जितेका छन । आधा दर्जन उद्यमी व्यवसायी भने समानुपातिक प्रणालीबाट सांसद बन्ने दौडमा छन् ।

रसुवामा दुई जना क वर्गका ठेकेदार निर्वाचनमा होमिएका थिए । एमालेका जनार्दन ढकाल र काँग्रेसका मोहन आचार्य । काँग्रेसका मोहन आचार्यले निर्वतमान सांसद समेत रहेका एमालेका जनार्दन ढकाललाई पराजित गरे ।
उता, पर्सा क्षेत्र नम्बर ३ मा संघिय समाजवादी फोरमबाट उम्मेदवारी दिएका हरिनारायण रौनियार विजयी भए । रौनियार पप्पु कन्स्ट्रक्सनका प्रबन्ध सञ्चालक हुन् ।
झापाको निर्वाचन क्षेत्र नम्बर ४ बाट वैदेशिक रोजगार व्यवसायी लाल प्रसाद(एलपी) साँवा लिम्बुले निर्वाचन जितेका छन् । उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए । धनुषा क्षेत्र नम्बर ४ बाट एमाले पोलिटब्युरो सदस्य रघुबिर महासेठले निर्वाचत जितेका छन् । युटिएल नेपालमा लगानी कर्ता रहेको महासेठ ठुला उद्यमीकै रुपमा चिनिन्छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट निर्वाचित एमालेका रामविर मानन्धर पनि चलचित्र उद्योगी हुन् । अष्टनारायण चलचित्र मन्दिरका मालिक मानन्धरले धेरै चलचित्र निर्माण पनि गरेका छन् ।

मोरङ ३ मा मेडिकल कलेज सञ्चालक रहेका काँग्रेस उम्मेदवार सुनिल शर्मा पराजित भए भने धादिङ १ मा पेट्रोलियम व्यवसायी विश्व अर्यालले पनि पराजय व्यहोरे । धादिङ २ मै निर्माण व्यवसायी समेत रहेका काँग्रेस उम्मदवार दिलमान पाख्रिनले निर्वाचन हारे । काभ्रे १ मा काँग्रेसकै तिर्थ लामाले पनि निर्वाचनमा पराजित हुनु पर्यो । नाम चलेका निर्माण व्यवसायी कम्पनीका मालिक उनी २०७० सालको निर्वाचनमा भने विजयी भएका थिए ।

चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग निर्वाचन लडेका राप्रपा प्रजातान्त्रिकका बिक्रम बहादुर पाण्डेले पनि निर्वाचन जित्न सकेनन् । उनी पनि क वर्गको ठेकेदार कम्पनीका मालिक हुन् । सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर राणाले पनि निर्वाचन हारे । उनको नेपाल र भारतका धेरै कम्पनीमा लगानी रहेको छ ।

समानुपातिकको पखाईमा अरबपतिहरु
समानुपातिकको मत गणना सम्पन्न भएर पनि तथ्यांक विश्लेषणको काम भैरहेको छ । यतिबेला एमाले, काँग्रेस, माओवादी र मधेशवादी दलहरुको समानुपातिक सूचिमा परेका उद्योगी व्यवसायीहरु समानुपातिक सांसदको अन्तिम नामावली कुरिरहेका छन् । यसपाली काँग्रेसले सबै भन्दा धेरै उद्योगी व्यवसायीलाई समानुपातिक सूचिमा राखेका छ ।

जसमा नेपालका एक मात्र डलर अरबपति बिनोद, प्रभु ग्रुपका देवी प्रकाश भट्टचन, निर्माण व्यवसायी बहादुर सिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, दिब्यमणि राजभण्डारी, आनन्दराज मुल्मी, अनिलकुमार रुगंटा, सूर्यबहादुर केसी लगायत छन् ।

एमालेले भने मोति दुगडलाई मात्रै समानुपातिक सूचिमा राखेको छ । यस अघि एमालेका तर्फबाट राज्यलक्ष्मी गोल्छा, इच्छाराज तामाङ, महेन्द्र शेरचन लगायत समानुपातिक सांसद बनेका थिए ।

Share News