काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले सेयरधनीलाई १० करोड ९१ लाख २४ हजार ९३१ रुपैयाँ बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको बोनस दिन लागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड ८ लाख रुपैयाँ रहेको छ । उक्त बोनस पश्चात कम्पनीको पुँजी करिब ८० करोड नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८४ रुपैयाँ रहेको छ ।