राधी विद्युतको आईपीओ भर्न आज अन्तिम दिन

<p>काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आज बिहीबारसम्म मात्र आवेदन लिने भएको छ । बढी आवेदन परेपछि बिहीबार बैकिङ समयसम्म मात्र आईपीओका लागि दरखास्त लिन बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । राधिको आईपीओ गत सोमबारदेखि बिक्री खुला हुने भएको हो । राधीले १५ प्रतिशत अर्थात ७ करोड [&hellip;]</p>

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आज बिहीबारसम्म मात्र आवेदन लिने भएको छ ।

बढी आवेदन परेपछि बिहीबार बैकिङ समयसम्म मात्र आईपीओका लागि दरखास्त लिन बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । राधिको आईपीओ गत सोमबारदेखि बिक्री खुला हुने भएको हो ।

राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६ हजार ५५० कित्ता आईपीओ निष्कासन गरेको हो ।
४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (लेड्को) को ६३.५ प्रतिशत स्वामित्व छ ।

राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ ।
गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको संचित कोषमा २९ करोड ८४ लाख रुपैयाँ छ ।

Share News