साँसद नवराज सिलवाल विरुद्ध उजुरी, पक्रन प्रहरी परिचालन

<p>काठमाडौं । ललितपुर जिल्ला क्षेत्र नम्बर १ का नवनिर्वाचित साँसद नवराज सिलवाल विरुद्ध किर्ते गरेको भन्दै मुद्धा परेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी सिलवालविरुद्ध कागजात किर्ते गरेको अभियोगमा बुधबार प्रहरी प्रधान कार्यलय नक्सालमा उजुरी दर्ता गराएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले उजुरी  दर्ता गराएको जानकारी दिए । गत साता सर्वोच्च [&hellip;]</p>

काठमाडौं । ललितपुर जिल्ला क्षेत्र नम्बर १ का नवनिर्वाचित साँसद नवराज सिलवाल विरुद्ध किर्ते गरेको भन्दै मुद्धा परेको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी सिलवालविरुद्ध कागजात किर्ते गरेको अभियोगमा बुधबार प्रहरी प्रधान कार्यलय नक्सालमा उजुरी दर्ता गराएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकले उजुरी  दर्ता गराएको जानकारी दिए ।

गत साता सर्वोच्च अदालतले सिलवालले प्रहरी महानिरीक्षकमा बढुवाका लागि पेश गरेका कागजात किर्ते भएको भन्दै अनुसन्धान गर्न आदेश दिएको थियो । अदालतको फैसला कार्यन्वयन गर्नका लागि प्रहरी प्रधान कार्यलयमा उजुरी दर्ता भएको हो । प्रहरीले अब औपचारिक रुपमा जिल्ला अदालतमा मुद्धा दर्ता गर्ने छ । मुद्दा दर्ता भएसँगै सिलवाललाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । सिलवाललाई थुनामा राखेर अनुसन्धान थाल्ने तयारी प्रहरीको छ ।

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको इजलासले त्रुटी देखिएको भन्दै कार्वाहीका लागि आदेश दिएको हो । सर्वोच्चले सिलवालको बढुवा विवाद सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उनले बुझाएको विवरण त्रुटिपूर्ण भएको ठहर गरेको छ ।

Share News