काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपालको बैंकिङ्ग क्षेत्रतर्फको “बेष्ट ब्राण्ड अवार्ड” र “बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड” गरी दुईओटा अवार्ड पाएको छ । बैंकले वर्ल्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ इन्स्टिट्युट एण्ड स्टार्स अफ द इन्डस्ट्री ग्रुपद्धारा एकैसाथ उक्त दुई अवार्ड पाएको हो ।
वर्ल्ड सीएसआर डे एण्ड वर्ल्ड सस्ट्याबिलिटीका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराद्धारा उक्त अवार्ड प्रदान गरिएको हो । सो कार्यक्रममा बैंकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।
यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्याति प्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।