कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने योजना असफल

<p>काठमाडौं । कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने योजना असफल भएकाे छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा अदालतको अवरोध तत्काल टुंगीने अवस्था नरहेकाले यथास्थितिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको थियो । तर भौतिक पुर्वाधार मन्त्रालयका सचिवले त्यस्तो प्रक्रिया अघि बढाउँदा गलत नजिर बस्ने भनेपछि योजना बिचमै तुहिएको हो । ‘हामीले अदालति झमेलामा फसेको क्षेत्रमा [&hellip;]</p>

काठमाडौं । कलंकी-नागढुङगा सडक यथास्थितिमै पिच गर्ने योजना असफल भएकाे छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तारमा अदालतको अवरोध तत्काल टुंगीने अवस्था नरहेकाले यथास्थितिमै कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएको थियो । तर भौतिक पुर्वाधार मन्त्रालयका सचिवले त्यस्तो प्रक्रिया अघि बढाउँदा गलत नजिर बस्ने भनेपछि योजना बिचमै तुहिएको हो । ‘हामीले अदालति झमेलामा फसेको क्षेत्रमा यथास्थितीमै कालोपत्रे गरेर नागरिकलाई राहत दिन चाहेका थियौं, मन्त्रालयमा फाइल पनि पठाएका हौं तर रोकियो’, आयोजनाका सूचना अधिकारी विश्वविजय लाल श्रेष्ठले भने ।

कुल १२.५ किलोमिटर लम्बाईको कलंकी–नागढुंगा सडक खण्डको २५ प्रतिशत क्षेत्रमा सडक विस्तार विरुद्ध दर्जनौं मुद्धा परेका छन् । अदालतले अन्तरिम आदेश दिएकाले तत्काल काम अगाडी बढाउने अवस्थामा पनि नरहेपछि आयोजनाले यथास्तिथीमै पिच गर्ने योजना बनाएको थियो । ‘२५ प्रतिशत सडकमा अवरोध छ, नागरिकले धरै दुःख पाए, त्यसैले अहिलेकै अवस्थामा चैडाई घटाएरै भएपनि पिच गर्ने सोँच बनाएर फाइल माथी पठाएका थियौं तर सफल भएन ।’, श्रेष्ठले भने ।

उनले यथास्थितिमा पिच गर्ने सम्बन्धी प्रस्ताव एक महिना अघि भौतिक पुर्वाधर मन्त्रालय पठाएका थिए । तर सचिवले यथास्थितिमै कालोपत्रे गर्दा सडक विस्तारका अन्य क्षेत्रमा पनि नकारात्मक नजिर बस्ने भन्दै फाइल फर्काइदिएको बताए । सचिवस्तरिय निर्णय गराएर कालोपत्रे गर्ने सोँच बनाएको आयोजना अब अदालती मामिला सुल्झिएपछि मात्रै काम अघि बढाउने निष्कर्षमा पुगेको छ ।

हाल सो सडक खण्डमा साढे ६ किलोमिटर सडकमा वाल र फुटपाथ बनाउने काम सम्पन्न भैसकेको छ । फागुनदेखि जेठको अवधीमा सम्पुर्ण खण्ड कालो पत्रे गरिसक्ने योजना अनुसार काम अघि बढेको उनले बताए । ‘जाडो महिनामा पिच राम्रो हुन्न, जाडो अवधी गरि वाल र फुटपाथको काम सक्छौं अनि फागुनदेखि जेठभित्रमा कालोपत्रै गर्ने काम सम्पन्न गर्छाै’, आयोजनाका प्रमुख दिपक केसीले भने ।

सो सडक खण्डका अधिकांश ठेक्को म्याद सकिनै लागेको छ तर हालसम्म २५ देखि ३० प्रतिशतको हाराहारीमा मात्रै काम भएको छ । अदालतका कारण ठेक्का लम्बिने अवस्था आएपछि ठेकेदार कम्पनीले क्षतिपुर्ति माग्ने अवस्था सृजना हुनेछ ।

 

Share News