केयर रेटिङले बिहीबारदेखि सेवा आरम्भ गर्दै

<p>काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडले बिहीबारदेखि सेवा आरम्भ गर्ने भएको छ । केयर नेपालले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर १ गते रेटिङ सेवा सञ्चालनको अनुमति पाएको थियो । हाल नेपाल इक्रा लिमिटेडले मात्र कम्पनीको रेटिङको काम गरिरहेको छ । केयर समेत गरी नेपालमा रेटिङ व्यवसाय गर्ने २ वटा कम्पनी भएका छन् । धितोपत्र बोर्डका [&hellip;]</p>

काठमाडौं । केयर रेटिङ नेपाल लिमिटेडले बिहीबारदेखि सेवा आरम्भ गर्ने भएको छ । केयर नेपालले नेपाल धितोपत्र बोर्डबाट गत मंसिर १ गते रेटिङ सेवा सञ्चालनको अनुमति पाएको थियो । हाल नेपाल इक्रा लिमिटेडले मात्र कम्पनीको रेटिङको काम गरिरहेको छ । केयर समेत गरी नेपालमा रेटिङ व्यवसाय गर्ने २ वटा कम्पनी भएका छन् ।

धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले केयर नेपालको सेवा आरम्भ गर्नेछन् । कम्पनीले ३ करोड रुपैयाँ माथि पुँजी भएका कम्पनीको साधारण सेयर (आईपीओ) को स्तर निर्धारण, ऋणपत्र, डिबेन्चरर्स, सामूहिक लगानी कोष (म्युचल फन्ड) र अग्राधिकार सेयर निष्कासन गर्न रेटिङको काम गर्ने छ ।

कम्पनीमा केयर रेटिङस भारतको ५१ प्रतिशत स्वामित्व रहेको छ । व्यवसायीक प्रतिष्ठान विशाल ग्रुप लिमिटेडको १०, इमर्जिङ नेपाल लिमिटेडको १०, ग्लोबल आईएमई बैंक, नेपाल पुर्नबीमा कम्पनी लिमिटेड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड र लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको क्रमश ५।५ प्रतिशत स्वामित्व रहेको छ ।

केयर रेटिङ नेपाल गत मे मा कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएको हो । मुनासिव र प्रतिस्पर्धी मुल्यमा नेपालमा रेटिङको काम गर्ने कम्पनीका निर्देशक विनोद आत्रेयले बताए । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी साजन गोयलले सम्हालिरहेका छन् ।

 

Share News