७३ लाख ६५ हजार नेपाली अझै गरिब, प्रदेश ६ र २ का आधा नागरिक गरिबीको चपेटामा

<p>काठमाडौं । अझै पनि २८.५ प्रतिशत नेपाली अर्थात ७३ लाख ६५ हजार जनता गरिब रहेको तथ्यांक सार्वजनिक भएको छ । अक्सफोर्ड विश्व विद्यालय र राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले नेपालका २८.५ प्रतिशत जनता गरिब रहेको उजागर गरेको हो । जबकी योजना आयोगकै अध्ययनहरुले २१.६ प्रतिशत मात्रै नेपाली गरिबीको निरपेक्ष रेखमुनी रहेको देखाएको थियो । [&hellip;]</p>

काठमाडौं । अझै पनि २८.५ प्रतिशत नेपाली अर्थात ७३ लाख ६५ हजार जनता गरिब रहेको तथ्यांक सार्वजनिक भएको छ । अक्सफोर्ड विश्व विद्यालय र राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले नेपालका २८.५ प्रतिशत जनता गरिब रहेको उजागर गरेको हो । जबकी योजना आयोगकै अध्ययनहरुले २१.६ प्रतिशत मात्रै नेपाली गरिबीको निरपेक्ष रेखमुनी रहेको देखाएको थियो ।

गरिबीको बहुआयमिक सुचकाङकका आधारमा तयार पारिएको प्रतिवेदनले प्रदेश ६ र २ का आधा जनसंख्या गरिबीको चपेटामा परेको देखाएको छ । ६ नम्बर प्रदेशका ५१.२२ प्रतिशत नागरिक गरिब रहेका अध्ययनले देखाएको छ । त्यस्तै २ नम्बर प्रदेशका ४७.८९ प्रतिशत नागरिक गरिब रहेको देखाएको छ

। ७ नम्बर प्रदेश ३३.५६ प्रतिशत नागरिक गरिब रहँदा प्रदेश नम्बर ५ मा २९.९२ र १ नम्बर प्रदेशमा १९.६७ प्रतिशत नागरिक गरिब देखिन्छन् । प्रदेश ४ मा १४.१९ प्रतिशत नागरिक गरिब रहेका छन् भने प्रदेश नम्बर ३ मा जम्मा १२.२४ प्रतिशत मात्रै गरिब रहेका छन् । शिक्षा, स्वास्थ्य र मानिसको जीवन यापनको गुणस्तरका आधारमा अध्ययन गरिएको हो ।

 

कुन प्रदेशमा कति प्रतिशत छन गरिब
प्रदेश १
यो प्रदेशमा ९ लाख नागरिक गरिब छन् । जुन कुल गरिब नेपालीको संख्यामध्ये १२ प्रतिशत हुन आउँछ । यो प्रदेशमा नेपालको कुल जनसंख्याको १७.६ प्रतिशतको बसोबास रहेको छ ।
प्रदेश २
यो प्रदेशमा कुल जनसंख्याको करिब आधा अर्थात ४७.९ प्रतिशत नागरिक गरिब छन् । यहाँ करिब २५ लाख नागरिक गरिब रहेको देखिन्छ । कुल गरिब नेपालीमध्ये ३५ प्रतिशत यति प्रदेशमा रहेका छन् ।
प्रदेश ३
यो प्रदेशमा सबै भन्दा थोरै गरिबहरुको बसोबास रहेको छ । प्रदेश ३ का १२ प्रतिशत अर्थात ६ लाख ७५ हजार नागरिक गरिब छन् । कुल गरिबको ९ प्रतिशत हिस्सा यो प्रदेशमा भेटिन्छन् ।
प्रदेश ४
यो प्रदेशमा १४.२ प्रतिशत अर्थात ३ लाख ४० हजार नागरिक गरिब छन् । जुन कुल गरिबको ४.६ प्रतिशत मात्रै हुन आउँछ ।
प्रदेश ५
यो प्रदेशका २९.९ प्रतिशत नागरिक गरिब छन् । यहाँका १५ लाख नागरिक गरिब रहेको अध्ययनले देखाउँछ । यो कुल गरिब नेपालीको १९.७ प्रतिशत हिस्सा हुन आउँछ ।
प्रदेश ६
यो प्रदेशमा ५१.२ प्रतिशत नागरिक गरिब छन् । करिब १२ लाख जनसंख्या भएको प्रदेश ६ मा ६ लाख नागरिक नै गरिब रहेको देखिन्छ । कुल गरिबको ८.१ प्रतिशत मानिस यहाँ बसोबास गर्छन् ।
प्रदेश ७
यो प्रदेशमा ३३.५६ प्रतिशत मानिस गरिब छन् । यहाँका ८ लाख ५० हजार मानिस गरिब देखिएका हुन् । जुन कुल गरिबहरुको ११.६ प्रतिशत हुन आउँछ ।

 

Share News