आइपीओ निष्काशन गर्ने आईएमई लाइफको तयारी, पाउला त अनुमति

<p>काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले आफ्नो प्रथम बार्षिक साधारण सभाबाट आइपिओ निष्काशन गर्ने निर्णय गराउन लागेको हो । कम्पनीले बीमा समितिमा आइपिओ निष्काशनको अनुमति माग्दै लबिङ गर्दै आएको थियो । कम्पनीले पुस २६ गतेको प्रथम साधारण सभाबाट आइपिओ निष्काशनको एजेण्डा पास गराउन लागेको हो । बीमा समिति [&hellip;]</p>

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले आफ्नो प्रथम बार्षिक साधारण सभाबाट आइपिओ निष्काशन गर्ने निर्णय गराउन लागेको हो ।

कम्पनीले बीमा समितिमा आइपिओ निष्काशनको अनुमति माग्दै लबिङ गर्दै आएको थियो । कम्पनीले पुस २६ गतेको प्रथम साधारण सभाबाट आइपिओ निष्काशनको एजेण्डा पास गराउन लागेको हो ।

बीमा समिति र नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोडको आइपिओ निष्काशन गर्नेछ । कम्पनीले गत आव २०७३।७४ को १० दिन वित्तिय विवरण पेश गरेको छ । तर धितो पत्र दर्ता तथा निष्काशन नियमावलीले भने आफ्नो उदेश्य अनुसार कारोबार गरेको एक बर्षको वित्तिय विवरण सार्वजनिक गरेपछि मात्रै आइपिओ निष्काशन गर्न पाउने व्यवस्था गरेको छ ।

यस अघि नै युनियन र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्ने भन्दै साधारण सभाबाट निर्णय गराईसकेका छन् ।

Share News