निर्धन उत्थान बैंकको साधारण सभा पुस २९ मा, ८० प्रतिशत लाभांश वितरण गर्ने

<p>काठमाडौं । निर्धन उत्थान बैंकको १९ औं वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८० प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुने छ । सेयरधनीलाई ६६.६७ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बोनस सेयर वितरण र १४ प्रतिशत अर्थात ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने बैंकको [&hellip;]</p>

काठमाडौं । निर्धन उत्थान बैंकको १९ औं वार्षिक साधारणसभा पुस २९ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ८० प्रतिशत लाभांश वितरणको प्रस्ताव पेश हुने छ ।

सेयरधनीलाई ६६.६७ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बोनस सेयर वितरण र १४ प्रतिशत अर्थात ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने बैंकको प्रस्ताव सभाबाट पारित हुने छ ।

यस्तै बैंकको अधिकृत शत्प्रतिशत बढाएर २ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेश हुने भएको छ । बैंकको पुँजी संरचना परिवर्तन गरी संस्थापक समूहको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने गरी तयार पारिएको लगानी संरचना पेश हुने कार्यक्रम छ ।

यसबाट संस्थापकका ७० बाट घटेर ५१ र सर्वसाधारणको ३० बाट बढेर ४९ प्रतिशत स्वामित्व हुनेछ ।

Share News