स्ट्याण्डर्ड चाटर्ड बैंकको साधारणसभा पुस २६ मा, १०० प्रतिशत बोनस सेयर वितरण गर्ने

<p>काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको ३१ औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । बैंकले सेयरधनीलाई शत्प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ । बैंकले बोनस सेयर वितरण गरेपछि चुक्तापुँजी ८ अर्ब १ करोड रुपैयाँ पुग्ने जनाएको छ । यस्तै सभामा अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ [&hellip;]</p>

काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडको ३१ औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ ।

बैंकले सेयरधनीलाई शत्प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।

बैंकले बोनस सेयर वितरण गरेपछि चुक्तापुँजी ८ अर्ब १ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

यस्तै सभामा अधिकृत पुँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव समेत पारित गर्ने कार्यसुचि रहेको छ । साधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्न एक जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

Share News