काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य पुनः बढाएको छ । निगमल सञ्चालक समितिको बैठकले डिजेल र पेट्रोलको मूल्य प्रति लिटर एक एक रुपैंयाँले बढाएको हो । निगमका प्रवक्ता बिरेन्द्र गोइतका अनुसार मंगलबार राती १२ बजेबाट नयाँ मूल्य लागु हुनेछ ।
हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाईएको छैन् । अब पेट्रोलको मूल्य १०१ रुपैंयाँ पुगेको छ भने डिजेलको मूल्य ७८ रुपैंयाँ पुगेको छ । अझै निगमलाई पाक्षिक ११ करोड ३९ लाख नोक्सानी रहेको प्रवक्ता गोइतले बताए ।
निगमले १५ दिन अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले स्वचालित मूल्य प्रणाली अनुसार प्रत्येक १५।१५ दिनमा इन्धनको मूल्य समायोजना गर्दै आएको छ ।