
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डे विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियारले महानिर्देशक पाण्डेसहित विभागका शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खड्गबहादुर केसीविरुद्ध जनही १० लाख रुपैयाँ बिगो दाबीसहित र कैद मागदाबी गरी अदालतमा मुद्दा दायर गरेको हो ।
गत कात्तिक २८ गते सेवाग्राहीबाट घूस लिएको पाइएपछि आयोगको टोलीले तीनै जनालाई पक्राउ गरेको थियो ।एसआरएस मेनपावर कम्पनीलाई कालोसूचीबाट हटाइदिने प्रयोजनका लागि घूस लिइरहेको अवस्थामा शाखा अधिकृत पौडेल र नासु केसीलाई एक महिनाअघि आयोगले पक्राउ गरेको हो ।