विभिन्न चार कम्पनीले तोके बुक क्लोजको मिति, कसको कहिले हुँदै छ?

<p>काठमाडौं । विभिन्न चार बैंक तथा वित्तीय संस्थाले आ-आफ्नो बुक क्लोजको मिति तोकेका छन् । मंगलबार मात्रै ग्रामीण विकास बैंक, यूनाईटेड इन्स्योरेन्स कम्पनी, गोखार्ज फाइनान्स र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि आ-आफ्नो कम्पनीको बुक क्लोजको मितिको तोकेका हुन् । त्यसमध्ये ग्रामीण विकास बैंकको आगामी पुस १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने [&hellip;]</p>

काठमाडौं । विभिन्न चार बैंक तथा वित्तीय संस्थाले आ-आफ्नो बुक क्लोजको मिति तोकेका छन् । मंगलबार मात्रै ग्रामीण विकास बैंक, यूनाईटेड इन्स्योरेन्स कम्पनी, गोखार्ज फाइनान्स र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि आ-आफ्नो कम्पनीको बुक क्लोजको मितिको तोकेका हुन् ।

त्यसमध्ये ग्रामीण विकास बैंकको आगामी पुस १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि बैंकले उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक पुस २८ गते आफ्नो वार्षिक साधारणसभामा जाँदै छ ।

त्यस्तै, यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को पनि आगामी पुस १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज हुँदै छ । यस कम्पनी पनि पुस २६ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ ।

त्यसैगरी, गोखार्ज फाइनान्सको पनि आगामी पुस १४ गतेदेखि २५ गतेसम्म बुक क्लोज हुँदै छ । यस फाइनान्स पुस २५ गते कम्पनीको वार्षिक साधारणसभामा जाँदै छ ।

किसान माइक्रोफाइनान्स वित्तीय संस्था आगामी पुस २४ गते वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि पुस ११ गतेदेखि १७ गतेसम्म यस कम्पनीको बुक क्लोज हुँदै छ ।

Share News