नेप्से परिसूचक १५०० तल, सबै समूह राताम्मे

<p>काठमाडौं । सेयर बजार १५०० अंक तल झरेको छ । मंगलबारको नेप्से परिसूचक १४.४९ अंकले ओरालो लागेर १४९३.७६ अंकमा झरेको छ । सोमबार सामान्य अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । मंगलबारको बजारमा ५९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६६ कम्पनीको १४ लाख ५ [&hellip;]</p>

काठमाडौं । सेयर बजार १५०० अंक तल झरेको छ । मंगलबारको नेप्से परिसूचक १४.४९ अंकले ओरालो लागेर १४९३.७६ अंकमा झरेको छ । सोमबार सामान्य अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ ।

मंगलबारको बजारमा ५९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १६६ कम्पनीको १४ लाख ५ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल दुरसञ्चाल कम्पनीको ७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९०० रुपैयाँ रहेको छ ।

मंगलबार कारोबारमा आएका सबै समूहको परिसूच राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्यको ३६, होटलको ३२, माइक्रोफाइनान्सको २०, उत्पादनमूलकको १७ र हाइड्रोपावर समुहको परिसूचक १४ अंकले ओरालो लागेका छन् । अन्य बाँकी समूहको परिसूचक भने सामान्य अंकले घटेका छन् । बजारमा कुल १० वटा समूहको कारोबार भएको थियो ।

दोहोरो अंकले घटेको बजारमा पनि अरुण फाइनान्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । मंगलबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८१ रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १६ रुपैयाँ बढी हो ।

मंगलबार सबैभन्दा बढी सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । त्यस्तै, हिमालयन डिष्टीलरीको सेयर मूल्य ५.७७ प्रतिशतले घटेको छ ।

Share News