काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंक र पोखरा फाइनान्स कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार मात्रै सिद्धार्थ बैंकलाई १० प्रतिशत र पोखरा फाइनान्सलाई १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
त्यस्तै, बोर्डको अनुमति अनुसार सिद्धार्थ बैंकले ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । सो मात्राको हकप्रद निष्कासन गर्न बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल माके्रट लिमिटेड रहेको छ ।
त्यसैगरी, पोखरा फाइनान्सले ९ करोड ८३ लाख ६८ हजार रुपैयाँ बराबरको ९ लाख ८३ हजार कित्ता सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटल मार्केट लिमिटेडले गरिरहेको छ ।