मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर पछि र सेन्ट्रल फाइनान्स कम्पनीको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । मितेरी डेभलपमेन्ट बैंकको ३१.४७८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर पछि र सेन्ट्रल फाइनान्स कम्पनीको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।

मितेरी डेभलपमेन्ट बैंकको ३१.४७८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ रहेको छ ।

त्यस्तै, सेन्ट्रल फाइनान्सको पनि ५० प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४८ रुपैयाँ रहेको छ ।

Share News