रानी पोखरी-२०७२ माघमा उद्घाटन, २०७४ पुसमा ठेक्का तोड्ने तयारी

<p>काठमाडौं । २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुननिर्माण आरम्भ गरेर पुननिर्माणको महाअभियान सुरु भएको थियो । २०७३ बैशाखमा पुननिर्माणका लागि ठेक्का लाग्यो । २०७३ कात्तिकमा निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता थियो तर यतिबेला ठेक्का तोड्नेबारे छलफल अघि बढेको छ । तर २०७४ पुसमा आईपुग्दा रानीपोखरीको ठेक्का तोडिने अवस्था सृजना भएपछि पुननिर्माणको गतिमाथी नै [&hellip;]</p>

काठमाडौं । २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको पुननिर्माण आरम्भ गरेर पुननिर्माणको महाअभियान सुरु भएको थियो । २०७३ बैशाखमा पुननिर्माणका लागि ठेक्का लाग्यो । २०७३ कात्तिकमा निर्माण सम्पन्न गर्नुपर्ने ठेक्का सम्झौता थियो तर यतिबेला ठेक्का तोड्नेबारे छलफल अघि बढेको छ । तर २०७४ पुसमा आईपुग्दा रानीपोखरीको ठेक्का तोडिने अवस्था सृजना भएपछि पुननिर्माणको गतिमाथी नै प्रश्न उठ्न थालेको छ ।

रानीपोखरीको पुननिर्माणका लागि तयार पारिएको डिजाइनमै केहि समस्या देखिएको छ भने पुननिर्माणको ठेक्का पाएको कम्पनीले पुननिर्माणको काम उचितसँग गरिहेको छैन् । ‘ रानी पोखरी पुननिर्माणको काम सन्तोषजनक ढंगले अघि बढिरहेको छैन, ठेक्का तोड्ने वा काम गराउने भन्नेबारे हामीले छलफल गरिरहेका छौं’, काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले भने ।

उनले डिजाइनमा भने कुनै समस्या नभएको दावी गरे । ‘डिजाइनमा खासै समस्या छैन, हाम्रा प्राबिधिकहरुले पनि काम हेरिरहेका छन तर निर्माण कार्य भने सन्तोषजनक गतिमा अघि नबढेको कुरा सत्य हो’, आचार्यले भने । तर पुरातत्व विभागले भने रानीपोखरीको डिजाइनमै समस्या देखिएको आरोप लगाउँदै आएको छ । विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले डिजाइनमै समस्या रहेकाले पनि रानीपोखरीको पुननिर्माण अन्यौलमा फसेको बताए ।

काठमाडौं महानगरपालिकाले ६ करोड २९ लाखको लागतमा रानी पोखरी पुननिर्माण ठेक्का लगाएको थियो । वल्र्ड वाइड कँडेल केएन केजी जेभीले रानीपोखरी पुननिर्माणको ठेक्का पाएको छ ।

उता, पुरातत्व विभागले रानी पोखरीको बिच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुननिर्माणका लागि एक करोड ४० लाख २८ हजार ५८ रुपैंयाँमा कँडेल/राम जेभी रानीबारीलाई ठेक्का दिएको छ । तत्कालिन राजा प्रताप मल्लले १६७० सालमा पुत्र वियोगमा परेकी रानीको वियोगलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए ।

Share News