एभरेष्ट बैंकको साधारणसभा पुस २८ गते, १ अर्ब ९९ करोड बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने

<p>&nbsp; काठमाडौं । एभरेष्ट बैंकको २३ औं वार्षिका साधारणसभा पुस २८ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत अर्थात १ अर्ब ९९ करोड १६ लाख रुपैयाँको बोनस सेयर वितरणको प्रस्ताव पेश गर्ने भएको छ । चुक्तापुँजी वृद्धिको विशेष प्रस्ताव सभाबाट पारित गर्ने कार्यसुचि रहेको छ । संचालक समितिको [&hellip;]</p>

 

काठमाडौं । एभरेष्ट बैंकको २३ औं वार्षिका साधारणसभा पुस २८ गते हुने भएको छ ।

सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत अर्थात १ अर्ब ९९ करोड १६ लाख रुपैयाँको बोनस सेयर वितरणको प्रस्ताव पेश गर्ने भएको छ ।

चुक्तापुँजी वृद्धिको विशेष प्रस्ताव सभाबाट पारित गर्ने कार्यसुचि रहेको छ । संचालक समितिको नयाँ संरचना सभाले पारित गर्ने छ ।

यस्तै नेपालमा भ्रमण गर्नुपर्दा सञ्चालकलाई १२ हजार, भारत भ्रमण गर्दा पनि १२ हजार र तेस्रो मुलुक भ्रमण गर्नुपर्दा दैनिक ५५० अमेरिकी डलर तथा वास्तविक भ्रमण खर्च दिने प्रस्ताव पनि सभामा पेश हुने छ ।

Share News