कावठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्न स्वीकृति दिएको छ । बोर्डले एनआईसी एशियालाई प्रतिकित्ता हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिलइन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नियुक्त भईसकेको छ ।
३ अर्ब रुपैयाँको को ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ व्यक्तिगत तवरबाट र २० प्रतिशत अर्थात ६० करोड रुपैयाँ सर्वसाधारण लगानीकर्तालाई सार्वजनिक निष्काशन विधिमाफर््त निष्काशन गरिने बैंकले जनाएको छ ।
९ प्रतिशत वार्षिक ब्याजदर हुने ऋणपत्रको अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गरिने बैंकले जनाएको छ । ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकरण गरिने छ । ऋणपत्र नेपालको ऋणपत्र बजारको विकासको लागि महत्वपूर्ण औजार हुने विश्वास बैंकले लिएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताए ।
उक्त ऋणपत्र खरिदको लागि पुस १३ देखि १७ गतेसम्म आवेदन खुला गरिने बैंकले जनाएको छ ।
सो ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले इक्राएनपी एलए माइनास रेटिङ्ग प्रदान गरेको छ । जसको अर्थ लगानीको उच्चतम सुरक्षा र न्यून कर्जा जोखिम हो । साथै, यस बंैकलाई इक्रा नेपाल लिमिटेडले इक्राएनपी आईआर ए माइनस रेटिङ्ग प्रदान गरेको छ । जुन नेपाली बैंकहरुलाई प्रदान गरिएको उत्कृष्ट रेटिङ्गहरु मध्ये एक भएको बैंकले जनाएको छ ।