एनआईबिएल क्यापिटललाई उत्कृष्ट ब्राण्ड अवार्ड प्रदान

<p>काठमाडौं । सीएमओ एसियाले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड प्रदान गरेको छ । कम्पनीलाई उत्कृष्ट बैकिङ्ग, बीमा तथा वित्तीय सेवा प्रदायक क्षेत्रबाट उत्कृष्ट ब्राण्ड घोषणा गरिएको हो । वल्ड सीएसआर डे एण्ड वल्ड सस्टेन एविलिटिका संस्थापक डा.आर.एल.भाटियाको उपस्थितिमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा अर्थ राज्यमन्त्री उदयशम्सेर ज.ब.राणाले उक्तअवार्ड बितरण गरेका थिए । सो [&hellip;]</p>

काठमाडौं । सीएमओ एसियाले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड प्रदान गरेको छ ।

कम्पनीलाई उत्कृष्ट बैकिङ्ग, बीमा तथा वित्तीय सेवा प्रदायक क्षेत्रबाट उत्कृष्ट ब्राण्ड घोषणा गरिएको हो ।

वल्ड सीएसआर डे एण्ड वल्ड सस्टेन एविलिटिका संस्थापक डा.आर.एल.भाटियाको उपस्थितिमा काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा अर्थ राज्यमन्त्री उदयशम्सेर ज.ब.राणाले उक्तअवार्ड बितरण गरेका थिए ।

सो कार्यक्रममा बैकिङ्ग, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । विभिन्न क्षेत्रमा आवद्ध कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेताहरु छनौट गरिएको थियो ।

Share News