सनराइज बैंकको १५ प्रतिशत बोनस सेयर पारित, चुक्ता पूँजी ८ अर्ब नाघ्यो

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको सोमबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले १५ प्रतिशत अर्थात १ अर्ब ६ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ । यसबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रस्तावित १५ प्रतिशत बोनस सेयर पारित भएको छ । बैंकको सोमबार सम्पन्न १०औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम बैंकले १५ प्रतिशत अर्थात १ अर्ब ६ करोड रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको छ । यसबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बढी पुगेकोे कम्पनीले जनाएको छ ।

बैंकको अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न उक्त सभाले बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिटेडको २०७४ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७३/७४ को नाफा–नोक्सान हिसाव र नगद प्रवाहसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरेको छ ।

साथै, उक्त सभाले निर्वाचन सम्पन्न नभए सम्मका लागि संस्थापक शेयरधनी समुह “क” को तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकहरुलाई संचालक समितिमा निरन्तरता दिने प्रस्ताव समेत सर्वसम्मतीले पारित गरेको छ ।

बैंकको हाल शाखाहरुको संख्या ७० र एटिएमको संख्या ८७ रहेको छ । जसमध्ये काठमाडौं उपत्यका भित्र २९ शाखाहरु र उपत्यका बाहिर ४१ शाखाहरु रहेका छन् ।

Share News