नेपाली लगानीमा बुढिगण्डकीः भारतसँग तल्लो तटिय लाभको हिस्सा मागिने

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगले १२०० मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण आफ्नै लगानीमा गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठन भएको समितिले कम्पनी मोडलमा आयोजना निर्माण गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । (प्रतिवेदनकोे पूर्ण पाठ) नेपाल विद्युत प्राधिकरणको मातहतमा सहायक कम्पनीका रुपमा बिशिष्टकृत आयोजना कार्यान्वयन [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगले १२०० मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण आफ्नै लगानीमा गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठन भएको समितिले कम्पनी मोडलमा आयोजना निर्माण गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो । (प्रतिवेदनकोे पूर्ण पाठ)

नेपाल विद्युत प्राधिकरणको मातहतमा सहायक कम्पनीका रुपमा बिशिष्टकृत आयोजना कार्यान्वयन इकाई खडा गरेर नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा संस्थान, बीमा कम्पनीहरु, नेपाल टेलिकम, अपर तामाकोशी, चिलिमे, नेपाल प्रहरीको कल्याण्कारी कोष, सेनाको कल्याणकारी कोष र सर्वसाधारबाट लगानी जुटाउन सकिने उल्लेख गरिएको छ ।

प्रतिवेदनमा तल्लो तटिय लाभ तथा हानीको मूल्यांकन गरेर अन्तराष्ट्रिय मूल्य मान्यताका आधारमा छिमेकी देशहरुसँग छलफल गर्ने पनि उल्लेख गरिएको छ ।

 

Share News