आश्वाः आवेदनको झण्झट हट्यो तर बाँडफाँडमा ढिलाई उस्तै

<p>काठमाडौं । सानिमा क्यापिटलको सानिमा इक्वीटी फण्डमा एक अर्ब २४ करोडको आवेदन पर्यो। कम्पनीले मंसिर १८ गते नै आवेदन बन्द गरेको थियो तर अझै पनि बाँडफाँड गरेको छैन । आश्वा सदस्यहरुले तथ्यांक पठाउन ढिलाई गरेकाले अझै बाँडफाँड नभएको हो । ‘आश्वा सदस्यहरुबाट आवेदनको तथ्यांक आएको छैन, अब एक हप्तापछि मात्रै बाडफाँट गर्ने तयारी गरेका छौं’, [&hellip;]</p>

काठमाडौं । सानिमा क्यापिटलको सानिमा इक्वीटी फण्डमा एक अर्ब २४ करोडको आवेदन पर्यो। कम्पनीले मंसिर १८ गते नै आवेदन बन्द गरेको थियो तर अझै पनि बाँडफाँड गरेको छैन । आश्वा सदस्यहरुले तथ्यांक पठाउन ढिलाई गरेकाले अझै बाँडफाँड नभएको हो ।

‘आश्वा सदस्यहरुबाट आवेदनको तथ्यांक आएको छैन, अब एक हप्तापछि मात्रै बाडफाँट गर्ने तयारी गरेका छौं’, सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी भन्छन् । नेपाल धितोपत्र बोर्डले साउन १ गतेदेखि आश्वा प्रणाली अनिवार्य गरेको थियो । आश्वा कार्यान्वयनमा आएपछि आवेदन र बाँडफाँड दुबै सहज हुने दावी गरिएको थियो । आवेदनका लागि घण्टौं लाइन बस्नुपर्ने झण्झटको अन्त्य भएको छ तर सेयर बाँडफाँडमा भने यसले खासै छिटो नतिजा दिन सकिरहेको छैन ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भन्छन्-‘आश्वाले लाइन बस्नुपर्ने झण्झट समाप्त पारेको छ, तथ्यांक अद्यावधिक गर्न सहज भएर बाँडफाँड पनि चाँडै हुनुपर्ने हो, किन ढिलाई भैरहेको छ, हामी बुझ्छौं ।’ उक्त प्रणाली लागूसँगै धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँड प्रक्रिया २० दिन सम्मभित्र सम्पन्न हुने बोर्डले दावी गरेको थियो ।

सानिमा क्यापिटलले सानिमा इक्वीटीको बाडफाँट २० दिनभित्र गर्न नसक्ने स्पष्ट देखिएको छ । हाल अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले आश्वा सदस्यता लिएर सेवा आरम्भ गरिरहेका छन् ।

Share News