पाँच कम्पनीको दुई करोड बढीको सेयर सूचिकृत, क-कसको कति?

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाको दुई करोड ६४ हजार ६८८ कित्ता सेयर सूचिकृत भएका छन् । सोमबार मात्रै बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । बजारमा सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । सो दिन तीन कम्पनीको एक करोड ५८ लाख २१ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न पाँच बैंक तथा वित्तीय संस्थाको दुई करोड ६४ हजार ६८८ कित्ता सेयर सूचिकृत भएका छन् । सोमबार मात्रै बोनस र हकप्रद सेयर गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

बजारमा सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । सो दिन तीन कम्पनीको एक करोड ५८ लाख २१ हजार ६८८ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

बोनस सेयर सूचिकृत गर्ने मध्येमा एनआईसी एसिया बैंकको एक करोड ३३ लाख ८५ हजार १९५ कित्ता बोनस थपिएको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको ११ लाख ८ हजार ८४५ कित्ता र नागरिक लगानी कोषको १३ लाख २७ हजार ६४८ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

त्यसैगरी, अन्य दुई कम्पनीको ४२ लाख ४३ हजार कित्ता हकप्रद सेयर थपिएका छन् । अरुण फाइनान्सको १५ लाख कित्ता र सप्तकोशी डेभलपमेन्ट बैंकको २७ लाख ४३ हजार कित्ता गरी सो मात्राको हकप्रद नेपाल स्टक एक्स्चेञ्जमा थपिएका छन् ।

Share News