इष्टर्न हाइड्रोपावरको साधारणसभा पुस २४ मा, आईपीओ निष्कासन गर्ने

<p>काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको निर्णय गर्न पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धिको प्रस्ताव पेश हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने छ । सभाबाट पारित भएपछि १ वर्षभित्र [&hellip;]</p>

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको निर्णय गर्न पुस २४ गते वार्षिक साधारणसभा बोलाएको छ ।

सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धिको प्रस्ताव पेश हुने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने छ । सभाबाट पारित भएपछि १ वर्षभित्र आईपीओ निष्कासन हुने कम्पनीले जनाएको छ ।

इष्टर्नले भोजपुरमा ५ मेगावाटको पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ७० प्रतिशत काम सम्पन्न भएको छ । आउदो असारसम्म आयोजनाबाट बिजुली उत्पादन गर्ने तयारी कम्पनीको छ ।

 

Share News