
काठमाडौं । जनता बैंकको आठौं वार्षिक साधारणसभा पुस २८ गते हुने भएको छ ।
सभामा चुक्तापुँजीको १४.४० प्रतिशतले हुने १ अर्ब ७० लाख रुपैयाँ ९१ हजार रुपैयाँको बोनस सेयर वितरणको प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।
यस्तै सभामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ गरी ६ जना संचालकको निर्वाचन हुने कार्यक्रम रहेको बैंकले जनाएको छ ।
यस्तै सभामा बैंक तथा वित्तीय संस्थालाई एकआपसमा गाभ्ने, प्राप्ति गर्ने र विदेशी रणनीतिक साझेदारी भित्राउनका लागि सञ्चालक समितिलाई प्राप्त अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव पेश हुने भएको छ ।