काठमाडौं । मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकले गत आवको नाफाबाट लगानी कर्तालाई ८ करोड ६५ लाख ४६ हजार ७ सय मूल्य बराबरको बोनस सेयर वितरण गर्न लागेको हो ।
बोनस सेयर वितरण प्रयोजनका लागि बैंकले पुस २७ गतेका लागि साधारण सभा समेत डाकिसकेको छ । पुस १६ गतेसम्म सेयर खरिद गर्ने लगानी कर्ताहरुले बोनस सेयर पाउनेछन् । बैंकले पुस १६ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ ।