काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत साउदी अरबको टेलीमनीबाट नेपाल रकम पठाउने जमन तामाङ्गकी श्रीमती इलाम निवासी बिमला देवी तामाङ्ले कार उपहार पाएकी छिन् । तामाङ्गले बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सफल भएको सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिए ।

मंसिर २८ गतेका कम्पनीका ब्राण्ड एम्बासडर सिताराम कट्टेल (धुर्मुस) र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनद्धारा सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा उपहार योजनाकोे बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार पाउने भाग्यशालीमा तामाङलाई छनौट गरिएको कम्पनीले जनाएको छ । तमाङ विद्युतीय लक्की ड्र मार्फत बम्परमा कार जित्ने भाग्यशाली बनेकी हुन् ।
एक्स्प्रेसले २०७४ सालको विजयादशमी एवं शुभ-दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने “सिटी एक्सप्रेस उत्सव एक्सप्रेस” उपहार योजना कम्पनीले सार्वजनिक गरेको थियो ।
उपहार अन्तर्गत सिटी एक्सप्रेस मनी ट्रान्सफर मार्फत विदेशबाट नेपालमा रहेका आफन्तलाई रेमिटान्स रकम पठाए वापतमा दैनिक रुपमा एक जना भाग्यशाली विजेताले एक तोला चाँदीका सिक्का , क्याप , टी सर्ट र किरिङ्ग, साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोवाईल र हरेक महिनामा एक जना भाग्यशाली विजेताले एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने र उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेतालाई बम्फर उपहारको रुपमा रेनौल्टको क्विड आर एक्सएल कार प्राप्त गर्ने घोषणा भएको थियो ।
यस उपहार योजनाको अबधी २०७४ साल भाद्र १८ गते देखि मंसिर १५ सम्मको थियो । यस उपहार योजना अबधीमा दैनिक उपहार योजना अन्तर्गत ९० जना सेवाग्रीले एक तोला चाँदीका सिक्का , क्याप , टी सर्ट र किरिङ्ग , साप्ताहिक रुपमा १२ जनाले ओप्पो मोवाईल र मासिक रुपमा ३ जना एलजी रेफ्रिजिरेटर प्राप्त गर्न सफल भइसकेका थिए ।