काठमाडौं । नेरुडे लघुवित्त विकास बैंक र सूर्योदय लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको मिति तोकेका छन् ।
नेरुडे लघुवित्तको आगामी पुस ९ गतेदेखि २९ गतेसम्म बुक क्लोज हुन लागेको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि यस कम्पनीको उक्त २१ दिन बुक क्लोज हुन लागेको हो ।
कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २९ गते हुँदै छ । सभामा सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर सहित ७.६८ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, सूर्योदय लघुवित्तको पनि आगामी पुस ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज हुँदै छ । यस कम्पनी आगामी पुस २२ गते वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभाले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने कम्पनी सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।