काठमाडौं । आइतबार मात्रै नेपाल एसबीआई बैंक र लुम्बिनी जनरल इन्स्योेरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन यी दुई कम्पनीको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले एसबीआई बैंकको १५.४२ प्रतिशत बानेस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि एसबीआई बैंकको सेयर मूल्य प्रतिकित्ता ६४५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८४८ रुपैयाँ रहेको थियो ।
त्यस्तै, लुम्बिनी जनरल इन्स्योेरेन्सको पनि १२.८२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ८०३ रुपैयाँ रहेको थियो ।