
काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले पुस २ गतेदेखि नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
भौतिक रुपमा सेयर भएका सेयधनीका हकमा पुस २ देखि सुरु गरेर पुस १९ गतेसम्म नगद लाभांश वितरण गर्ने चिलिमेले जनाएको छ ।
यस्तै डिम्याट होल्डर सेयरधनीलाई पुस २० देखि ३० गतेसम्म वितरण गर्ने भएको छ । चिलिमेले सेयर रजिष्टार सिद्धार्थ क्यापिटल लिमिटेडमार्फत नगद लाभांश वितरण गर्ने भएको हो ।