काठमाडौं । रसुवागढी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासन स्वीकृतिका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले पुस २३ गते हुने पाँचौ वार्षिक साधारणसभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नका लागि प्रस्ताव पेश गर्ने भएको छ । सञ्चालक समितिले प्रस्ताव पेश गरेपछि आईपीओ निष्कासन हुने कम्पनीले जनाएको छ ।
रसुवागढीले पहिलो चरणमा संचय कोषका संचयकर्ता, संचय कोषका कर्मचारी र ऋणलगानी गर्ने संस्थाका कर्मचारीलाई गरी १ अर्ब ६४ करोड २१ लाख ४ रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि कम्पनीले गत बैशाख १३ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
साधारणसभाले पारित गरेपछि आईपीओ निष्कासनका लागि प्रस्ताव आब्हान गर्ने तयारी कम्पनीको छ । प्रस्ताव आब्हानको तयारी गरिसकेको छ ।
पहिलो चरणको सकिएपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १३ गरी झण्डै १ अर्ब ७५ करोड रुपैयाँ रुपैयाँको आईपीओ निष्कासन गर्ने तयारी कम्पनीको छ । कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।