हिमालय दोलाखाको क्यासकेडको काम अन्तिम चरणमा, पुसको दोस्रोसातादेखि ८ मेगावाट बिजुली उत्पादन हुने

<p>काठमाडौं । हिमालय दोलखा हाइड्रो पावरको लगानीमा निर्माण भइरहेको ८ मेगावाटको क्याकेड आयोजनाबाट पुसको दोस्रो साताबाट बिजुली उत्पादन हुने भएको छ । हिमालयले आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले बताए । आयोजनाको ४ किलोमिटर लामो नहरको काम [&hellip;]</p>

काठमाडौं । हिमालय दोलखा हाइड्रो पावरको लगानीमा निर्माण भइरहेको ८ मेगावाटको क्याकेड आयोजनाबाट पुसको दोस्रो साताबाट बिजुली उत्पादन हुने भएको छ ।

हिमालयले आयोजनाको निर्माण अन्तिम चरणमा पुर्याएको छ । आयोजनाबाट पुस दोस्रो साताभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ दु्रतगतिमा काम भइरहेको आयोजनाका प्रबन्ध निर्देशक रूपमणि राजभण्डारीले बताए ।

आयोजनाको ४ किलोमिटर लामो नहरको काम सम्पन्न भइसकेको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा निर्मित उक्त क्यास्केड आयोजनाको निर्माण लागत १ अर्ब २० करोड रुपैयाँ छ । आयोजनामा एभरेष्ट बैंक, नेपाल एसबीआइ बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको लगानी छ ।

राजदुवाली छेउको इन्टेकमार्फत नहरमा पानी लगाएर राँगापानीमा बनेको विद्युत्गृहमा पुर्याउने आयोजनाले जनाएको छ । हाल विद्युतगृहमा मेसिनको जडान गर्ने कार्य तीव्र गतिमा भइरहेको छ । उत्पादित विद्युत्लाई काबेली कोरिडोरमार्फत गोदक सवस्टेशनमा जडान गरिने र त्यहाँबाट राष्ट्रिय प्रसारणलाइनमा जोड्ने तयारी भइरहेको छ ।

विद्युतगृहमा ट्रान्सफर्मरसहितको स्वीचयार्ड जडान सकिएको आयोजनाका जनसम्पर्क अधिकृत नरेन्द्र क्षत्रीले जानकारी दिए । विद्युत् लाइनका लागि करिब ३ किलोमिटर लामो ३३ केभी प्रसारणलाइनको समेत काम भइरहेको उनले बताए । कम्पनीले करिब पाँच वर्षअघि नै इलामको राजदुवालीमा ६ मेगावाटको आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

सोही आयोजनाबाट निस्किएको पानीलाई सदुपयोग गरी क्यास्केड आयोजना निर्माण गरिएको हो । यो आयोजना निर्माणसँगै इलामको माइखोलामा हालसम्म अपरमाइ, सानिमामाइ र हिमाल दोलखाका दुई÷दुई वटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । रासस

Share News