
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडको साधारण समूहतर्फको हकप्रद सेयर लिलामी हुने भएको छ ।
फाइनान्सले ४५ हजार ८७६ कित्ता साधारण हकप्रद लिलामीका लागि पुस २० गते अन्तिम मिति तोकेको छ ।
फाइनान्सले चुक्तपुँजी बढाउन कात्तिक १२ देखि मंसिर १८ गतेसम्म हकप्रद बिक्री खुला गरेकोमा आवेदन नपरेको सेयर लिलामीबाट बिक्री गर्न लागेको हो ।