उन्नति माइक्रोफाइनान्सले एक करोड ६५ लाखको आईपीओ निष्कासन गर्ने, पायो बोर्डको अनुमति

<p>काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्रै यस संस्थालाई सो मात्राको आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ६५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । सो [&hellip;]</p>

काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ६५ लाख रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्रै यस संस्थालाई सो मात्राको आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले दिएको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले एक लाख ६५ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

सो मात्राको आईपीओ निष्कासन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

Share News