सिटिजन्स बैंकले ल्यायो नयाँ मुद्दती योजना, वार्षिक ब्याजदर ९.५ प्रतिशत

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा उक्त योजना बजारमा ल्याएको हो । व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ । ८ महिना देखि [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ मुद्दती बचत खाताको योजना “स्ट्रक्चर्ड फिक्स डिपोजिट” सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरि विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा उक्त योजना बजारमा ल्याएको हो ।

व्यक्तिगत मुद्दती खाताको लागि सञ्चालनमा ल्याएको यो योजनामा न्यूनतम मौज्दात १ लाख रुपैयाँ रहेको छ । ८ महिना देखि १८ महिना सम्मको समयावधि रहेको यस योजनामा ९.५ प्रतिशत वार्षिक ब्याजदर रहेको छ । साथै, यस योजनाबाट सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

बैंकका अनुसार १४ अञ्चलमा रहेको बैंकका ६७ वटा शाखाबाट यो सुविधा उपलब्ध हुने छ ।

Share News