काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा खुदनाफा बढाएको छ । कम्पनीले चालु आवको असोजसम्म २९ करोड ८३ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
गत आवको सोही अवधिमा कम्पनीले १९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको थियो । कम्पनीले गत आवको तुलनामा यो आवमा नाफा झण्डै १० करोड रुपैयाँ बढाएको छ ।
चालु आवमा कम्पनीले २ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बोटलर्सले २ अर्ब १ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।
गत आवको तुलनामा कम्पनीको आम्दानी झण्डै ९२ करोड रुपैयाँ बढेको शुक्रबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४२ करोड रुपैयाँ छ ।