माछापुच्छे बैंकले वेनी अस्पताललाई मेडिकल उपकरण हस्तान्तरण

<p>काठमाडौं । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जिल्ला अस्पताल म्याग्दी,बेनीलाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ । आँखा, नाक, कान, बालचिकित्सा सम्बन्धि जाँच गर्ने उपकरण तथा साधारण औषधी समेत गरी १ लाख १९ हजार रुपैयाँ बराबरको मेडिकल उपकरण बिहीबार हस्तान्तरण भएको बैंकले जनाएको छ । मेडिकल उपकरण जिल्ला समन्वय समिती संयोजक देबेन्द्रबहादुर केसी,बेनी [&hellip;]</p>

काठमाडौं । माछापुच्छे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा जिल्ला अस्पताल म्याग्दी,बेनीलाई मेडिकल उपकरण हस्तान्तरण गरेको छ ।

आँखा, नाक, कान, बालचिकित्सा सम्बन्धि जाँच गर्ने उपकरण तथा साधारण औषधी समेत गरी १ लाख १९ हजार रुपैयाँ बराबरको मेडिकल उपकरण बिहीबार हस्तान्तरण भएको बैंकले जनाएको छ ।

मेडिकल उपकरण जिल्ला समन्वय समिती संयोजक देबेन्द्रबहादुर केसी,बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका शाखा प्रबन्धक श्रीधर ढुङ्गानाले संयुक्त रुपमा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष माधब रेग्मी र डा. अम्बालिका शाक्यलाई हस्तान्तरण गरेका हुन् ।
बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी ७३ स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । बंैकको देशभर ८४ वटा एटीएम संचालनमा रहेको छ ।

 

Share News