बजार सामान्य अंकले ओरालो, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि

<p>काठमाडौं । बिहीबारको सेयर बजार सामान्य ०.५९ अंकले ओरालो लागेर १५२० अंकमा अडेको छ । बजारमा ४५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीको १४ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर [&hellip;]</p>

काठमाडौं । बिहीबारको सेयर बजार सामान्य ०.५९ अंकले ओरालो लागेर १५२० अंकमा अडेको छ । बजारमा ४५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीको १४ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ ।

बजारमा सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७२ रुपैयाँ रहेको छ ।

सामान्य अंकले ओरालो लागेको बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कुबेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सको सेयर मूल्य क्रमशः ९.७६ र ९.७४ प्रतिशतले बढेको छ ।

बिहीबार होटल समूहको परिसूचक सबैभन्दा बढी २७ अंकले राताम्मे भएको छ । त्यस्तै, हाइड्रोपावर र बीमा समूहको परिसूचक क्रमशः २३ र २० अंकले राताम्मे भएका छन् । उता, अन्य समूहको परिसूचक भने १३ अंकले उकालो लागेको छ ।

Share News